जननेता मदन भण्डारीको ७२औँ जन्म जयन्ती मनाइँदै

काठमाडौँ - जननेता मदनकुमार भण्डारीको ७२औँ जन्मजयन्ती आज मनाइँदैछ । तत्कालीन नेकपा ९एमाले०का महासचिव भण्डारीको जन्म जयन्तीको अवसरमा देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

एमाले र पार्टीका विभिन्न जनसंगठनहरूले आज विभिन्न कार्यक्रम गरी मदन जयन्ती मनाउन लागेका हुन् । एमाले निकट जनसंगठनहरुले मदन जयन्तीका अवसरमा पछिल्ला केही दिन देखि विभिन्न कार्यक्रम गरिरहेका छन् । आज मदन भण्डारी फाउन्डेसनले भण्डारीको जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा ‘जबजका आयाम तथा विशेषताहरु’ विषयक विचार गोष्ठीको आयोजना गरेको छ ।