मदन भण्डारीको ७२औं जन्मजयन्ती: एमाले अध्यक्ष ओलीले रोपे बरको बिरूवा

काठमाडौँ - जननेता मदन भण्डारीको ७२औं जन्मजयन्तीका अवसरमा नेकपा (एमाले) र एमालेका भ्रातृसंगठनहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

जन्मजयन्तीका अवसरमा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालले बिहीबार मनोहरा खोला सफाई एवं बृहत बृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो ।

सो क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय च्यासलमा वरको बिरुवा रोपेका छन् भने मदन स्मृति चौतारीको उद्घाटन समेत गरे ।