स्याङ्जाको फेदीखोलामा पहिरोले घर बगाउँदा आमा-छोरीको मृत्यु

काठमाडौँ । स्याङ्जाको फेदीखोलामा पहिरोले घर बगाउँदा आमाछोरीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाका अनुसार फेदीखोला गाउँपालिका ५ मा गएराति साढे ११ बजे पहिरोले घर बगाउँदा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसादेवीको वर्षीया मृत्यु भएको हो।

‘राति घरभित्र सुतिरहेको बेला २५ मिटर माथिबाट खसेको पहिरोले घर पुरिँदा आमा छोरीको घटनास्थलमै मृत्यु भएको हो,’ डीएसपी रानाले भने, ‘दुर्गाका छोरा छिमेकीको घरमा सुतेकाले उनी जोगिएका छन्।’

पहिरोले गोठ पुरिँदा एउटा भैँसी पनि मरेको उनले बताए।