एमाले सचिव योगेश भट्टराईमाथि आक्रमणको प्रयास

काठमाडौँ - नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन् ।

प्रदेश १ पुनः नामकरण संघर्ष समितिका कार्यकर्ताले भट्टराईलाई इलाममा कालो झण्डा देखाएका थिए । भट्टराई ७२ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा बिहिबार आयोजित अन्तरसंवादमा भाग लिन इलाम जानुभएको थियो ।