चितवन पुगेर प्रधानमन्त्री प्रचण्डले रोपे मेसिनबाट धान   

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवन पुगेर मेसिनबाट धान रोपेका छन् । धान दिवसको अवसरमा आज चितवनको सौराहास्थित बच्छौलीमा पुगेर प्रधानमन्त्री प्रचण्डले मेसिनबाट धान रोपेका हुन् ।

रोपाइँपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले धानको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसारमा सरकारको प्राथमिकता रहेको बताए ।

उनीसँगै कृषिमन्त्री ज्वाला कुमारी साह बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सांसद हरि ढकाललगायत सांसदहरु चितवनमा धान दिवस मनाउन पुगेका छन् । धान रोप्नकै लागि मात्रै होइन, उत्पादनमै जोड दिने गरी यो दिवस मनाउन लागेको कृषिमन्त्री साहले बताइन् ।