जेलमुक्त भए रेशम चौधरी

 काठमाडौँ - टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरी जेलमुक्त भएका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनको बाँकी सजाय माफी गरेसँगै चौधरी जेलमुक्त भएका हुन् ।

राष्ट्रपति कार्यालयले गणतन्त्र दिवसको उपलक्ष्यमा माफी दिइएको जनाएको छ । पछिल्लो ६ वर्ष देखि डिल्लीबजार कारागारमा रहेका चौधरी आज बिहान जेलमुक्त भएका हुन् । उनलाई नागरिक उन्मुक्ति पार्टी नेता तथा कार्यकर्ताले फूलमाला, खाँदा लगाएर स्वागत गरेका छन् ।

टीकापुर घटनामा चौधरीसहित ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । त्यसको २ वर्ष पछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।