प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा ५ जना मन्त्री रहने

 काठमाडौँ - मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको टोली स्वीकृत गरेको छ ।
आज अपराह्न बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा जाने टोली स्वीकृत गरेको बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा पाँच जना मन्त्रीहरु सहभागी हुने छन् । टोलीमा भौतिक पूर्वाधार, ऊर्जा, परराष्ट्र, अर्थ र उद्योग मन्त्री लगायत रहने छन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली जेठ १७ गते भारत भ्रमणमा जाने र २० गते स्वदेश फर्किने कार्यक्रम छ ।