शपथ ग्रहणपछि स्वतन्त्र सांसद विन्दाबासिनी भन्छिन्-'जलनमा परेकाहरूको लागि लड्छु'

 काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी समानुपातिक सांसद विन्दाबासिनी कंसाकारले जलनमा परेकाहरूको पक्षमा लड्ने बताएकी छन् ।

सोमबार दिउँसो पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि पत्रकारहरूसँग उनले भनेकी छन्, “म जलनमा परेकाहरूको प्रतिनिधित्व गर्छु र उहाँहरूकै लागि लड्छु ।”

कंसाकार आफैँ एसिड भिक्टिम हुन् ।

कंसाकार रास्वपा समानुपातिक सांसद डा ढाकाकुमार श्रेष्ठ निलम्बित भएपछि त्यही स्थानमा सांसद भएकी हुन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग ३ करोड मागेको अडिओ सार्वजनिक भएपछि श्रेष्ठ निलम्बनमा परेका थिए ।