'बैंक तथा वित्तीय संस्थालाई ‘नयाँ शोषक’ रूपमा उदाए' : पर्यटनमन्त्री किराँती

 काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले बैंक तथा वित्तीय संस्थालाई ‘नयाँ शोषक’ कोे संज्ञा दिएका छन् । 
होटल एशोशिएसन अफ नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

बैंक तथा वित्तीय संस्थाहरुले कम्प्युटर लिएर गाउँ जाने र त्यहाँका आमाहरुलाई ऋण दिएर डोरीमा पासो लगाउन बाध्य पार्ने थुप्रै कथाहरु रहेको मन्त्री किराँतीले बताए । छोराछोरीहरुलाई मोबाइल किन्न लिएको ऋण तिर्नका लागि गाउँले आमाहरुको घरखेत उठेको र पछि चिन्ताले डोरीमा पासो लगाउने स्थिति बनेको पनि उनले उल्लेख गरे ।