लुम्बिनीका मुख्यमन्त्री चौधरीले सोमबार विश्वासको मत लिने 

 काठमाण्डौँ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादर चौधरीले सोमबार विश्वासको मत लिने भएका छन् । शुक्रबार मन्त्रिपरिषद्को पहिलो बैठकले सोमबार वैशाख १८ गते मुख्यमन्त्री चौधरीले प्रदेशसभाबाट विश्वासको मत लिने निर्णय गरेको विनाविभागीय मन्त्री सन्तोष कुमार पाण्डेले जानकारी दिए ।  

उनका अनुसार सरकारलाई चाँडै पूर्णता दिनका लागि चौधरीले मुख्यमन्त्री नियुक्त भएको चार दिनमै विश्वासको मत लिन लागेका हुन् ।