एउटै विधेयक पारित नगरी संसद बैठक अन्त्य

काठमाडौँ - प्रतिनिधिसभाको पहिलो अधिवेसन एउटा पनि विधेयक पारित नगरी अन्त्य भएको छ । गत पुस २५ देखी बैशाख १६ गतेसम्म सञ्चालन भएको बैठकले एउटा पनि विधेयक पारित नगरी बैठक अन्त्य भएको हो। बैठक हिजो राती १२ बजेबाट अन्त्य भएको हो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार संसद बैठकमा पेश भएका केही विधेयकलाई सबन्धित समितिमा पठाइएको तथा राष्ट्रियसभाबाट उत्पत्ति भई आएका विधेयकहरु माथि दफावार छलफल भने सम्पन्न भएका छन्। तर, झन्डै ४ महिनासम्म चलेको संसदले कुनै पनि बिद्येयक भने पारित गर्न सकेन।

‘यस अवधिमा प्रतिनिधि सभामा उत्पत्ति भएको “सम्पत्ति शुद्धिकरण मनि लाउण्डरिङ निवारण तथा व्यवसायीक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९”, “संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९” र “वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९” लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने कार्य भएको छ,’ विधेयक सबन्धी पहिलो अधिवेसनले गरेको काम कारबाहीका बारेमा भनिएको छ ।