दुई लाख दिने निर्णय कार्यान्वयन नभए प्रतिवादमा उत्रने लडाकूको चेतावनी

 काठमाण्डौँ - बहिर्गमित जनमुक्ति सेना अयोग्य लडाकू नेपालले दुई लाख रुपैयाँ आफूहरुलाई राहत स्वरुप दिने सरकारको निर्णयको विरोध नगर्न संघीय संसद र त्यहाँका सांसदहरुलाई चेतावनी दिएका छन् । 

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो संगठनका महासचिव राजन थापाले सर्वोच्च अदालतको फैसला बमोजिम सरकारले आफूलाई सो रकम राहतको रुपमा दिन लागेको उल्लेख गर्दै त्यसको विरोध नगर्न संघीय संसद र त्यहाँका सांसदहरुलाई सचेत गराएका हुन् । 

त्यसको विरोध भईरहे आफूहरु प्रतिवादमा उत्रन बाध्य हुनेसमेत उनले बताए । संगठनले आफूहरुलाई अयोग्य भनेर अपमानित नगर्न पनि भनेको छ ।