शेयर बजार झिनो अंकले बढ्यो, सेन्सेटिभ इन्डेक्स ३५१.९५ विन्दुमा पुग्यो !

 काठमाण्डौँ - साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च नेप्से मा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.०७ अंकले बढेर १ हजार ९८०.३४ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३२ प्रतिशतले बढेर ३५१.९५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा कम्पनीको ७३ लाख ४१ हजार १७७ कित्ता सेयर २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो । आज बैंकिङ समूह ०.२९ प्रतिशत,विकास बैंक १.६६,वित्त ४.१७ र म्युचुअल फण्ड ०.३८ प्रतिशतले बढ्यो ।