मुस्ताङ भ्रमण गरि फर्किदै गरेको जीप दुर्घटना, यात्रु सकुसल

काठमाडौँ । मुस्ताङ भ्रमण गरी फर्किदै गरेको ग १ य ११२१ नम्बरको हरियो नम्बर प्लेटको पर्यटक जीप आइतबार साँझ ५ बजे अन्नपूर्ण गाउँपालिका(३ दानाको लाटाखोलामा दुर्घटनाग्रस्त भएको छ ।

म्याग्दीमा पर्यटक जीप दुर्घटना, यात्रु सकुसल जीपमा चालक समेत ५ जना आन्तरिक पर्यटक सवार थिए । बेनी–जोमसोम सडक अर्न्तगत दानाको लाटाखोलामा ब्रेकफेल भइ पर्यटक जीप सडकदेखि अन्दाजी ५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय दानाका सहायक हवल्दार विजय पौडेलले बताए ।

प्रहरीका अनुसार दुर्घटनामा परि जीप चालक ज्ञानेन्द्र आचार्यको दाहिने साप्रामा चोट लागेको छ । अन्य यात्रु भने सकुसल छन् ।