शेयर बजारमा आज : धेरै कारोबार गर्ने, कमाउने र गुमाउने कम्पनीहरु कुन-कुन हुन् ?

काठमाण्डौँ - यो दिन पोखरा फाइनान्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १७ करोड ५४ लाख बढीको सेयर कारोबार भयो ।  
त्यस्तै नेपाल फाइनान्सको १४ करोड ७० लाख,जानकी फाइनान्सको ९ करोड ३२ लाख,गोर्खाज फाइनान्सको ९ करोड ८ लाख र मल्टीपर्पस फाइनान्सको ७ करोड ५२ लाख बढीको सेयर कारोबार भएको छ ।  

आज ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज पोखरा फाइनान्स र जानकी फाइनान्सकोे सेयरमूल्य १० प्रतिशत र नेपाल फाइनान्सको सेयरमूल्य ९।९८ प्रतिशतले बढ्यो ।  

यो दिन गुराँस लघुवित्तको सेयरमूल्य ७.६१ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.९९ प्रतिशतले बढ्यो ।  
आज पिपुल्स पावरको सेयरमूल्यमा सर्वाधिक अर्थात ६ प्रतिशतको गिरावट आएको छ ।  इष्टर्न हाईड्रोपावरको सेयरमूल्य ३.८१ र मेन्छियाम हाईड्रोको सेयरमूल्य ३.२१ प्रतिशतले घट्यो ।