आईपीएलमा आज कोलकाता र दिल्लीबिच भिडन्त हुँदै 

 काठमाडौँ - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको १७औँ संस्करणमा सोमबार कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबिच खेल हुनेछ । खेल कोलकातास्थित ईडेन गार्डेन्स स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । 

जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ४७औँ खेल हो । कोलकाता नाइट राइडर्सले आफ्नो नवौँ खेल खेल्न लागेको हो । दिल्ली क्यापिटल्सले भने जारी सिजनको आईपीएमा आफ्नो ११औँ खेल खेल्न लागेको हो ।