रिसइबी साँध्न छिमेकीको तीन वर्षीया छोरीको बिस्कुट खुवाएर घाँटी थिचेर हत्या !

सिरहा - छिमेकीको तीन वर्षीया छोरीको हत्यामा आरोपमा प्रहरीले सिरहाको सिरहा नगरपालिका–१९ जरुवा लक्ष्मीनिया टोलका आमा–छोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ ।

स्थानीय रमेशकुमार यादवकी करिब तीन वर्षीया छोरी रियाकुमारी यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी धनिकलाल यादवकी श्रीमती करिब ४७ वर्षीया सोनादेवी यादव र छोरी पूजाकुमारी यादवलाई १४ वैशाखमा घरबाट पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाका अनुसार दुवै आमा छोरीविरुद्ध ज्यानसम्बन्धी कसुर ९कर्तव्य ज्यान० मुद्दामा सिरहा जिल्ला अदालतबाट १५ वैशाखदेखि लागू हुने गरी पहिलो पटक सात दिनको म्याद लिई जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ ।

बिस्कुट खुवाएर फकाएपछि घाँटी थिचेर हत्या
१२ वैशाखको बिहान करिब १० बजेदेखि हराएकी नाबालिका परिवारजन, छरछिमेक, टोलमा खोजी गर्दा समेत फेला नपरेपछि प्रहरीमा उजुरी गरेको थिए । प्रहरीका अनुसार जिल्ला प्रहरी, वडा प्रहरी तथा लगडी गोठ प्रहरीसहित स्थानीय गाउँलेले खोजतलास गर्ने क्रममा तीन दिनपछि १४ वैशाखको राति करिब साढे ११ बजेतिर छिमेकी धनिकलाल यादवको घरको छतमा जाने भर्‍याङको चौतरामा मसुरोको झ्याङ्टा नाबालिकाको शव कालो बोरामा लुकाएको अवस्थामा भेटिएको थियो ।

पछिल्लो करिव वर्षदेखि रमेशको घर परिवारसँग हुँदै झैझगडाको रिसइवी साँध्न धनिकलाल यादवको घर आँगनमा खेल्दै पुगेकी नाबालिकालाई पसलबाट किनेर ल्याएको बिस्कुट खुवाएर फकाउँदै घरभित्र पु¥याएर आमा छोरीले घाँटी थिची हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाको तीन दिनपछि नाबालिका हत्या आरोपमा आमाछोरी पक्राउ परेपछि धनिकलाल फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।