संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि अन्त्य

वैशाख १६, काठमाडौँ । संघीय संसदको दुवै सदनको चालु हिउँदे अधिवेशन आज मध्यरातबाट अन्त्य हुने भएको छ ।

नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषदको वैशाख १२ गतेको सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले अधिवेशन अन्त्य गरेका छन् । यादवले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०र०१र१२ को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन संवत् २०८० साल वैशाख १५ गते शुक्रबार राती १२:०० बजेदेखि अन्त्य गरेको छु ।’

राष्ट्रिय सभामा १३ औं अधिवेशन अन्तर्गत यो हिउँदे अधिवेशनमा १९ बैठक बसेको छ भने प्रतिनिधि सभामा २८ बैठक बसेको छ ।