अनशनरत किसानका माग पूरा गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौँ - आमरण अनशन बसेका नुवाकोटका किसानले उठाएका जायज माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् ।

यही वैशाख ५ गतेदेखि काठमाडौंको वसन्तपुरमा आमरण अनशन बसेका नुवाकोटका श्रीराम घिमिरेले उठाएका माग पूरा गर्न प्रधानमन्त्री प्रचण्डले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका हुन् ।