एमाले पूर्व सांसद खातुन जेल चलान

बिराटनगर - नेकपा एमालेका निवर्तमान प्रदेश सभा सदस्य गुलफेन खातुन जेल चलान भएकी छिन्। सरकारी कागज किर्ते तथा नक्कल गरेको

अभियोगमा जिल्ला अदालत, मोरङ तथा उच्च अदालत बिराटनगरको फैसलामा दोषी देखिएकी कोशी प्रदेशका पूर्व सांसद खातुन जेल चलान भएकी हुन्। उनी आफै आत्मसमपर्ण गर्न शुक्रबार अदालतमा पुगेकी थिइन्।

जिल्ला अदालत मोरङका जिल्ला न्यायधीश अम्बिकाप्रसाद निरौलाले २०७४ बैशाख ३१ गतेको फैसला अनुसार सांसद खातुनसहित उनका श्रीमान शेख शिलबर मियाँ, तत्कालिन गाबिस सचिब बिजय कामत र दिपचन्द्र मण्डललाई १ बर्ष जेल सजायँ फैसाला गरेका थिए।