राष्ट्रपति पौडेलद्धाराअनुगमन तथा मूल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।

संघीय संसदका दुवै सदनबाट पारित भई पेश हुन आएको विधेयक राष्ट्रपति पौडेलले शुक्रबार प्रमाणीकरण गरेका हुन्।

संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।