सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर- व्यवस्थापिका संघको १४८ औँ महासभामा भाग लिएर सभामुख घिमिरे स्वदेश फर्किएका हुन् ।

महासभामा नेपालको सहभागिता लगायतका विषयमा त्रिभुवन विमानस्थल आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको उपस्थिति बलियो रहेको जनाए ।

अन्तर व्यवस्थापिका संघको १४८औँ महासभा जेनेभा, स्विट्जरल्याण्डमा २३ मार्च देखी २७ मार्चसम्म भएको थियो ।