'ईपीजीको प्रतिवेदन दुवै देशले एकैचोटी बुझ्छन्' : प्रधानमन्त्री दाहाल 

काठमाडौँ - पछिल्लो समय नेपाल भारत प्रवुद्ध व्यक्तिहरूको समूह ईपीजीले तयार पारेको प्रतिवेदन खास चर्चामा छैन । नेपाल र भारतबीचका उच्चस्तरीय राजनीतिक भेट वार्तामा यो विषयले प्रवेश पाउन छाडेको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहालले भने एकाएक उक्त प्रतिवेदन बुझाउन दुई देशबीच गृहकार्य भइरहेको दाबी गरेका छन् । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधनमन्त्री नरेन्द्र मोदीबीच सहमतिमा गठन भएको नेपाल भारत प्रवुद्ध समूह ९ईपीजी०ले तयार पारेको संयुक्त प्रतिवेदन बुझ्न भारतीय पक्षले ५ वर्षदेखि आनाकानी गरिरहेको छ । ओली र मोदीको पहिलो कार्यकालमा गठन भएको ईपीजीले ९ वटा बैठक बसेर २०७५ असार १६ गते तयार पारेको प्रतिवेदन बुझ्न भारत सरकारले नमानेपछि उक्त प्रतिवेदन अलपत्र अवस्थामा छ ।