बागमती प्रदेशसभा बैठक आज बस्दै

हेटौँडा - बागमती प्रदेश सभाको बैठक बिहीबार बस्दै छ । बुधबार बिहानका लागि बोलाइएको बैठक बस्न नसकेपछि सूचना टाँस गरेर बिहीबारसम्मका लागि स्थगित गरिएको थियो ।

प्रदेश सभाको बुधबार बिहान ११ः३० बजेका लागि बोलाइएको बैठक प्रदेश सभामा प्रतिनिधि गर्ने दलबिच सहमति जुट्न नसकेपछि बिहीबार बिहान ११ः३० बजेका लागि बोलाइएको हो ।

प्रदेश सभाको बैठकका लागि तोकिएको समयभन्दा अगाडि प्रदेश सभा सचिवालयमा बसेको सर्वदलीय बैठकमा प्रदेश सभाको बस्ने बारेमा भएको छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका विपक्षी दलहरुले सरकारले बजेट निर्माणका क्रममा गरेका सहमति कार्यान्वयन गर्न माग गरेका थिए ।

सर्वदलीय बैठकमा विपक्षी दलहरुले सहमति कार्यान्वयन नभएसम्म प्रदेश सभाको बैठक बस्न नसक्ने र मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अनुपस्थिति थप कुरा नगर्ने बताएपछि सर्वदलीय बैठकमा समेत सहमति जुट्न सकेको थिएन । मुख्यमन्त्री जम्कट्टेल भने मकवानपुरको राक्सिराङ गाउँपालिका ९ स्थित एक विद्यालयको कार्यक्रममा सहभागी हुन पुग्नु भएकाले सर्वदलीय बैठकमा अनुपस्थिति रहेकाले विपक्षी दलले बैठकमा थप कुरा गर्न नसक्ने जनाएका थिए ।