दरबार हत्याकाण्डको छानविन हुन्छ : प्रधानमन्त्री प्रचण्ड 

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन्। बाराको सिमरा विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानी गर्दै यस्तो बताएका हुन् ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिएको स्पष्ट हुँदाहुँदै पनि यस व्यवस्थाका विरुद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने  काम भएको भन्दै यस्तो अधिकार कसैलाई नभएको स्पष्ट पारे।