ललितपुरमा जर्मन महिला मृत फेला 

काठमाडौं । ललितपुरमा एक जर्मन नागरिक मृत फेला परेकी छन् । ललितपुर महानगरपालिका - १६ नागबहालस्थित ग्रीनतारा हेरिटेज अपार्टमेन्टमा बस्दै आएकी जर्मन नागरिक एडि इल एचइडी मृत अवस्थामा भेटिएको ललितपुर प्रहरीका एसपी नवराज कार्कीले जानकारी दिए ।

उनी दुई वर्षदेखि त्यहाँ एक्लै बस्दै आएकी थिइन् । मृतक महिलाको टाउकोमा चोट देखिएको छ । अहिले फरेन्सिकको टोली ल्याएर थप अनुसन्धान भइरहेको एसपी कार्कीले बताए ।