एकीकृत समाजवादीको पालिका कमिटीमा ४५, वडामा ३५ सदस्यीय हुने ( यस्ता छन् बैठकका निर्णय) 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी पार्टीमा नेताहरुको उमेर हद नराख्ने निर्णय गरेको छ।

बैठकले १९९ सदस्यीय हुने भएको छ । केन्द्रीय परिषद्को बैठकले विधानमा केन्द्रीय सदस्यको संख्या १९९ बनाउने निर्णय गरेको हो ।

पदाधिकारीको संख्या १९ रहने निर्णय गरेको छ । प्रदेश कमिटीमा ७५–९९ सदस्य रहने छन् । प्रदेश कमिटीमा एकजना अध्यक्ष, दुईजान उपाध्यक्ष, एकजना सचिव र तीनजना उपसचिव रहने छन् ।

त्यस्तै, एकमात्रै निर्वाचन क्षेत्र भएको जिल्ला कमिटीमा ५५ सदस्य रहने निर्णयमा उल्लेख छ । वडा कमिटीमा ३५ सदस्य रहनेछन् ।
एकभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा एक महिलासहित तीनजना थप्ने निणय भएको छ । जिल्ला कमिटीका सातजना पदाधिकारी रहने छन् । स्थानीय कमिटीमा पाँच पदाधिकारी रहने निर्णय भएको छ ।

केन्द्रिय परिषद् बैठकले महाधिवेशन र अधिवेशनका प्रतिनिधिहरु सम्बन्धित कमिटीले निर्धारण गरेका निर्वाचन क्षेत्रबाट निर्वाचित हुनेछन्। पार्टीका कुनै पनि तहका नेता महाधिवेशन प्रतिनिधि बन्न आफ्नो सदस्यता रहेकै ठाउँबाट निर्वाचित भएर आउनुपर्ने छ।

केन्द्रिय निकायमा राष्ट्रिय महाधिवेशन, केन्द्रिय कमिटी, केन्द्रिय अनुशासन आयोग, केन्द्रिय लेखा परीक्षण आयोग, केन्द्रिय निर्वाचन आयोग, केन्द्रिय सल्लाहकार परिषद्, केन्द्रिय ज्येष्ठ कम्युनिष्ट मञ्च र केन्द्रिय परिषद् रहनेछन्।

 

NCP-S1-1706529994.jpgNSP-S2-1706529994.jpg