पार्किङमा राखेको मोटरसाइकल चोरी गरेको आरोपमा एक युवा पक्राउ  

काठमाडौँ । मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।  हरिवन नगरपालिका - ११ हलुवाई टोल बस्ने २८ वर्षीय भरत विकलाई प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ गरेको हो।

हरिवन- ११ स्थित हरिवन बजारबाट पार्किङ गरी राखेको ना ५० प ७७८५ नम्बरको मोटरसाइकल गएको पुस २८ गते पूर्वपश्चिम राजमार्ग क्षेत्रमा पर्ने  चोरी भएको थियो।

मोटरसाइकल धनीले दिएको हुलिया र सीसीटीभी फुटेजको आधारमा खोजी गर्ने क्रममा मोटरसाइकलसहित दुई सातापछि विक पक्राउ परेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए। 

प्रहरीले विकलाई अदालतबाट म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाएको छ।