युवतीलाई खुकुरी देखाएर कुटपिट गर्ने पक्राउ

  • बुधबार ३ असार २०८३ १०:४१ AM
दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाएर दुर्व्यवहार तथा कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि एक युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगरलाई पक्राउ गरेको हो। प्रहरीले उनको घरबाट प्रेगाम्याक्स १ ट्याब्लेट, ट्रोह्मो ४१ ट्याब्लेट, एन्टिकप २ ट्याब्लेट र नाइट्राजोह्म ५ ट्याब्लेट बरामद गरेको जनाएको