सञ्चार क्षेत्रको सुधारमा सरकारको सक्रियता, ७७ वटै सदरमुकाममा एफटीटीएच सेवा

  • बुधबार ३ असार २०८३ ०९:२९ AM
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तर सुधार र पूर्वाधार विस्तारलाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रको आधुनिकीकरण र सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए