काठमाडौं । चिनियाँ अटो निर्माता जिलीले आफ्नो नयाँ हाइब्रिड सेडान ‘एम्ग्रान्ड आई-एचईभी’ चिनियाँ बजारमा सार्वजनिक गरेको छ। पाँचौँ पुस्ताको एम्ग्रान्डमा आधारित यो नयाँ मोडलको प्रारम्भिक मूल्य ८७ हजार ९०० युआन (करिब १९ लाख ६९ हजार नेपाली रुपैयाँ) तोकिएको छ। कम्पनीका अनुसार यसमा विश्वकै उच्च ४८.४१ प्रतिशत थर्मल इफिसियन्सी भएको इन्जिन प्रयोग गरिएको छ, जसले इन्धनलाई ऊर्जामा रूपान्तरण गर्ने क्षमता उल्लेखनीय रूपमा बढाएको छ। नयाँ एम्ग्रान्ड आई-एचईभीमा १.५ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन, ‘११ इन १’ इलेक्ट्रिक ड्राइभ प्रणाली र १४० किलोवाट क्षमताको इ-मोटर जडान गरिएको छ। यस संयोजनले १८८ हर्सपावरसम्म शक्ति ... The post जिलीले सार्वजनिक गर्यो नयाँ हाइब्रिड सेडान ‘एम्ग्रान्ड आई-एचईभी’, इन्धन बचतमा गिनिज रेकर्डको दाबी appeared first on Kalika Khabar.