झापामा लागुऔषधको जालो तोड्न प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा ९२ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र मातहतका प्रहरी एकाइहरूबाट खटिएको विशेष टोलीले सोमबार र मङ्गलबार जिल्लाका विभिन्न शंकास्पद स्थानहरूमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा लागुऔषधको धन्दामा संलग्न ९ जना मुख्य