सभामुख अर्याल र बंगलादेशका राजदूतबीच भेटवार्ता,के–के भए कुराकानी ?

  • बुधबार ३ असार २०८३ ०७:१३ AM
काठमाण्डु– सम्माननीय सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका अवसरमा सभामुख अर्यालले नेपाल–बंगलादेश सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान र विश्वासमा आधारित रहेको उल्लेख गर्दै नेपालले बंगलादेशसँगको सम्बन्धलाई उच्च महत्व दिँदै आएको बताए । सभामुख अर्यालले बंगलादेशका जनताबाट प्राप्त जनादेशका आधारमा गठित सरकारप्रति शुभकामना