काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद कृपाराम रानाले प्रधानमन्त्री बालेन्द्र साहले सीमाबारे संसदमा राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै आम जनतासँग माफी माग्नुपर्ने बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त माग गरेका हुन् । सांसद रानाले प्रधानमन्त्रीको नेपालले पनि भारतको सीमा मिचेको छ भनी दिएको अभिव्यक्तिले आफूलाई लज्जाबोध भइरहेको पनि बताए ।