खेलाडी छनोटमा धाँधलीको आरोप

  • बुधबार ३ असार २०८३ १२:०० PM
काठमाडौं : जापानको आइची–नागोया सहरमा आयोजना हुने २०औं एसियाली खेलकुद प्रतियोगिताका लागि गरिएको पौडी खेलाडीको छनोटमा धाँधली भएको राष्ट्रिय खेलाडीहरूले जनाएका छन् ।इर्भिन श्रेष्ठ, मेधावी केसी, निर्णय थापालगायतका खेलाडीले नेपाल पौडी संघले पूर्वसूचना र स्थापित नियमविपरीत रातारात छनोटको मापदण्ड बदलेर खेलाडीहरूको मनोबल गिराउने काम गरेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खेलाडी, प्रशिक्षक तथा अभिभावकले छनोट प्रतियोगिताको विश्वसनियतामाथि प्रश्न उठाउँदै न्यायका लागि सर