काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’ समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माणमा योगदान गर्न आह्वान गरेका छन् । चीनको ४ दिने औपचारिक भ्रमणमा रहेका उनले मंगलबार बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै लगानीको आह्वान गरे । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसांख्यिकीय सामर्थ्यलाई उजागर गर्दै थप सक्षम