धुलिखेलको आगलागी तीन घण्टापछि नियन्त्रण, क्षतिको विवरण संकलन हुँदै

काठमाडौँ - काभ्रेको धुलिखेलमा आज बिहान उज्यालो नहुँदै सुरु भएको आगलागी तीन घण्टापछि नियन्त्रणमा आएको छ ।

धुलिखेल नगरपालिका–११ बाँनियाछाप बस्ने बलराम धिमालको घरमा बिहान चार बजेदेखि सुरु भएको आगलागी बिहान ६ बजेर ५० मिनेट जाँदा पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । आगलागीबाट ढुंगानाका ढुंगा, माटो र जस्ताले छाएको ३ तल्ले घर र एउटा गाईबस्तु बाँध्ने गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ ।

आगलागीको खबर प्राप्त हुनसाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो । धुलिखेल नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । आ