टीआरसी विधेयक सभामुखबाट प्रमाणीत, राष्ट्रपति कार्यालय पठाईयो 

 काठमाण्डौँ - सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक टीआरसी प्रमाणीत गरेका छन् । 

गएको साउन ३० गते प्रतिनिधिसभा र भदौ ६ गते राष्ट्रिय सभाबाट पारित भएको विधेयक सभामुख घिमिरेले आज प्रमाणीत गरेका हुन् । 
सभामुखबाट प्रमाणीत भएको विधेक अब राष्ट्रपति कार्यालयमा पठाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेरपछि यो ऐन कार्यान्वयनमा आउने छ ।