अशोकराज सिग्देल प्रधानसेनापति नियुक्त

काठमाडौँ - नेपाली सेनाका बलाधिकृत अशोकराज सिग्देल प्रधानसेनापति नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कायममुकायम प्रधानसेनापतिको काम गर्दै आएका सिग्देललाई प्रधानसेनापतिमा बुधबार नियुक्त गरेका हुन् ।

उनको नियुक्ति भदौ २५ गतेबाट लागु हुने राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हालका प्रधानसेनापति प्रभुराम शर्माले २४ भदौमा अनिवार्य शवकाश लिएपछि सिग्देलले प्रधानसेनापतिको पदभार ग्रहण गर्नेछन् । सेनामा रहेको अनिवार्य अवकाशमा जानुभन्दा एक महिना अघि बिदा बस्ने परम्परा अनुसार शर्मा बिदामा बसेपछि सिग्देलले कायममुकायमको जिम्मेवारी सम्हालेका थिए ।