बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सातै प्रदेशका प्रदेश प्रमुखहरूबीच भेटवार्ता

काठमाण्डौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सातै प्रदेशका प्रदेश प्रमुखहरूबीच भेटवार्ता भएको छ । सोमबार बिहान बालुवाटार पुगेर सातै प्रदेशका प्रदेश प्रमुखहरूले प्रधानमन्त्री प्रचण्डसँग सामुहिक भेटवार्ता गरेका हुन् । भेटमा उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।