'सुन तस्करी प्रकरणमा लामिछाने र भीम उपाध्यायमाथि पनि छानबिन हुनुपर्छ' : महेश बस्नेत

काठमाडौँ - नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले सुन तस्करी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र पूर्वसचिव भी उपाध्यायमाथि पनि छानबिन गरिनुपर्ने बताएका छन् ।

आज शुक्रबार सामाजिक सञ्जालमा निकै लामो तथ्य र तर्क प्रस्तुत गर्दै उनले यी दुई व्यक्तिलाई पनि अनुसन्धानको दायरामा ल्याइनुपर्ने बताएका हुन् ।

‘रबि लामेछाने सेटिङ्ग त हो तर अहिले राजीनामा माग्ने बेला भएको छैन भन्दैछन र भीम उपाध्यायहरू एमालेलाई आक्षेप लाउँदैछन्, किनही यिनीहरू मन्त्री र सचिव हुँदा यो प्रकरणमा संलग्न नहोलान् भन्न सकिन्न छानबिन यता पनि हुनु पर्दछ,’ बस्नेतले सामाजिक सञ्जालमालेखेका छन् ।