प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमण सकेर आज स्वदेश फर्किँदै 

काठमाण्डौँ -  इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किँदै छन् । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित  ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन ७ दिन अघि त्यसतर्फ गएका थिए । 

प्रधानमन्त्री प्रचण्ड ७ दिने भ्रमण सकेर शुक्रबार बिहान ९:०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ । 
गएका प्रधानमन्त्री प्रचण्डले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई  सम्बोधन गरेका थिए । इटालीमा रहँदा उनले केही महत्त्वपूर्ण भेटवार्ता समेत गरेका थिए । 

प्रधानमन्त्री प्रचण्डले बंगलादेशकी समकक्षी शेख हसिनासँग भेटवार्ता गरेका थिए। यस्तै, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस, विश्व खाद्य कार्यक्रमका कार्यकारी सिन्डे म्याकन, विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यूसँग पनि प्रधानमन्त्रीले भेटवार्ता गरेका थए।