कोरम नपुगेपछि लेखा समितिको बैठक स्थगित

काठमाडौँ - प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ ।

आज बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक कोरम नपुगेपछि स्थगित भएको हो । बैठकमा आवश्यक १४ जना संसद्को कोरम नपुगेको हो ।