कर्णाली प्रदेश सभाको बैठक बस्दै, बजेटमाथि छलफल हुने

सुर्खेत - कर्णाली प्रदेश सभाको बैठक आज बस्दैछ । प्रदेश सभा भवन सुर्खेतमा बस्ने बैठक बिहान ११ बजेबाट सुरु हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०र८१ को वार्षिक बजेट तथा कार्यक्रममाथि मन्त्रालयगत छलफल हुनेछ । सचिवालयका अनुसार आजको बैठकमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको विनियोजित बजेटमाथि छलफल हुनेछ ।