न्याय परिषद बैठक स्थगित

काठमाडौँ - आज बस्ने तय भएको न्याय परिषद बैठक स्थगित भएको छ ।

न्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न सोमबार बसेको परिषदको बैठक निष्कर्षविहीन भएपछि आज बस्ने गरि बैठक बोलाइएको थियो । तर आज कानुन मन्त्री धनराज गुरुङ कार्यव्यस्तताका कारण उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको हो ।

न्याय परिषदले सर्वोच्च अदालत, उच्च र जिल्ला अदालतमा न्यायाधीश नियुक्ति गर्ने विषयमा छलफल गरिरहेको छ । भावगण्डाको राजनीतिले लामो समयदेखि न्यायाधीश नियुक्ति अवरुद्ध हुँदै आएको छ ।