'बुढीगण्डकी जलविद्युत आयोजनाको शिल्यान्यास यहि महिना हुन्छ' : प्रधानमन्त्री दाहाल 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसै महिनाभित्र बुढीगण्डकी जलविद्युत आयोजनाको शिल्यान्यास हुने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद राजेन्द्र पाण्डेले सोधेको प्रश्नको जवाफमा प्रचण्डले यसै महिनाभित्र कार्यालय स्थापना गर्ने र आयोजनाको शिल्यान्यासको काम हुने जानकारी गराएका हुन् ।