काठमाडौँमा भिख माग्न आएका भारतीयले लुटे कानमा लगाएको सुनको रिङ  

काठमाडौँ । काठमाडौँमा सुनको रिङ लुटपाट गरेको अभियोगमा दुईजना पक्राउ परेका छन्।

काठमाडौँ महानगरपालिका ३० स्थित सेतोपुल डेरा गरी बस्ने सिन्धुली कमलामाई नगरपालिका १२ की ३५ वर्षीया महिलाको रिङ लुटपाट गरेको अभियोगमा दुईजनालाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ।

पक्राउ पर्नेहरूमा भारत हरियाणा कर्नाल घर भई बौद्ध नयाँबस्ती बस्ने २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना रहेका छन्।

पीडितको घरमा भिख माग्ने बहाना बनाई आएका देवु र जेलिनाले दुवै कानमा लगाएको सुनको रिङ्ग लुटी फरार भएको खबरपछि खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरूमाथि थप अनुसन्धान गरिरहेको पनि परिसरका एसपी नवराज अधिकारीले बताए।