नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पनि पारित

काठमाण्डौँ - नेपाल सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पनि पारित भएको छ ।

प्रतिनिधिसभाको शनिबार बसेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति कार्यक्रम प्रस्तुत गरेका थिए ।

शनिबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए ।
नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट भने ९ जेठमै पारित भइसकेको छ ।