वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिइने  

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई बिनाधितो ऋण दिने भएको छ ।

आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तु गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् । त्यसका लागि वैदेशिक रोजगारीमा जानेले बैंकिङ च्यानलमार्फत् रेमिट्यान्स पठाउने सुनिश्चितता गर्नुपर्नेछ ।