रेशम चौधरीको कैद माफी दिने निर्णय एमालेलाई स्वीकार्य छैन : बर्ताैला

काठमाडौं - नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जन्मकैदको सजाय भुक्तान गरिरहेका पूर्वसांसद रेशम चौधरीको कैद माफी दिने सरकारको निर्णय स्वीकार्य नहुने बताएका छन् ।

सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएका चौधरीलाई सत्ता टिकाउनका लागि सरकारले माफी दिएको भन्दै उनले आपत्ति जनाए । आइतबार संघीय संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले चौधरीलाई माफी दिँदा टिकापुर घटनाका पीडितलाई थप पीडा पुग्ने बताए ।